Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सिटिजन्स बैंकको सहयोग

कमला भुसाल

विहीबार, ०५ असार २०७६, १७ : ३३ मा प्रकाशित

म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई सिटिजन्स बैंकको सहयोग

अर्थ संसार, काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग गरेको छ । 

प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी, स्थानिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । 

यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले हालसम्म ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको