Like us!
Follow us!
Connect us!
Watch us!

हावाहुरी पिडितलाई जनता बैंक नेपालको सहयोग

अर्थ संसार

शुक्रबार, ०६ असार २०७६, १० : १५ मा प्रकाशित

हावाहुरी पिडितलाई जनता बैंक नेपालको सहयोग

अर्थ संसार, काठमाडौं– गत जेठ २३ गते सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगर पालिका प्रकोप ब्यबस्थापनकोष’ लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । उक्त सहयोग रकमको चेक बैंकको सुदर पश्चिम प्रदेशका प्रादेशिक प्रमुख  मुकुन्दप्रसाद भट्टले धनगढी उप महानगरपालिकाका उप–प्रमुख  सुशिला मिश्र भट्टलाई हस्तान्तरण गर्नु भयो । उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवि प्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको