Like us!
Follow us!
Connect us!
Watch us!

किन्न नसकिने भयो सुन, दैनिक एक हजार रुपैयाँले बढ्दा आज अहिले सम्मकै उच्च भाउ

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १४ : ४२ मा प्रकाशित

किन्न नसकिने भयो सुन, दैनिक एक हजार रुपैयाँले बढ्दा आज अहिले सम्मकै उच्च भाउ

अर्थ संसार, काठमाडौं- साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य ह्वात्तै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार ६४ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज पनि एक हजार रुपैयाँले बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको छ। 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिने हुनाले आज सुनको भाउ बढेको हो  ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ। बिहिबार  ६३ हजार ७०० रुपैयाँमै कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज एक हजार रुपैयाँले बढेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५  हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ७४० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको