Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्सुरेन्सको असार १३ मा एजीएम हुँदै

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १२ : ०३ मा प्रकाशित

सगरमाथा इन्सुरेन्सको असार १३  मा एजीएम हुँदै

अर्थ संसार, काठमाडौं- सगरमाथा इन्सुरेन्सले असार १३ गते शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ ।सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले ८६ प्रतिशत बोनस सेयर वितरणलाई साधारण सभाको मुख्य एजेन्डा बनाएको छ । कम्पनीले हाल कायम ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पुँजीको ८६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।
 
सभाबाट संस्थापक सेयरधनी समूहका ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । सञ्चालक समितिमा विदेशी लगानीकर्ता समूहबाट मनोनित १ जना र १ जना स्वतन्त्र सञ्चालक रहने एजेन्डा सभामा पेश हुनेछ ।
 
साधारण सभाका लागि असार १ देखि १३ गतेसम्म बुक क्लोज गरिएको छ । बुक क्लोज हुनुभन्दा अघि (जेठ ३० गतेसम्म) कायम सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको