Like us!
Follow us!
Connect us!
Watch us!

असारमा आधा दर्जन भन्दा बढी कम्पनीको एजीएम हुँदै, के छन् प्रस्ताव ?

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १२ : ५६ मा प्रकाशित

असारमा आधा दर्जन भन्दा बढी कम्पनीको एजीएम हुँदै, के छन् प्रस्ताव ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुलाई असार लागेसँगै साधारण सभा सम्पन्न गर्न भ्याईनभ्याई छ । यस्तै असार महिनामा साधारणसभा आह्वान गर्न मिति तोकीएका आधा दर्जन भन्दा बढी कम्पनीमध्ये अधिकांश बैंक, इन्स्योरेन्स र अन्य कम्पनीहरू रहेका छन् । यी हुन् असारमा साधारणसभा हुने कम्पनीहरु 

१.सूर्या लाइफ इन्सुरेन्स

सूर्या लाइफ इन्सुरेन्सले आगामी असार ११ गते वार्षिक साधारण गर्ने भएको छ। साधारण सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

२.कामना सेवा विकास

कामना सेवा विकास बैंकले असारको दोस्रो साता १२ औं वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरी असार १४ गते हुने जानकारी दिएको हो । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्ने छ । बैंकले सभामा ९.५० प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।  

३.भिबोर क्यापिटल

भिबोर क्यापिटल लिमिटेडले असार १५ गते साधारणसभा गर्ने भएको छ । सभा भिबोर क्यापिटल लि., ट्रेड टावर, थापाथली, काठमाडौँ दिउँसो २ बजेबाट सुरु हुनेछ । 

४.वर्ल्ड मर्चेन्ट बैंकिङ 

वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि.ले असार २१ गते १६औँ र १७औँ बार्षिक साधारणसभा गर्ने भएको छ । सभा मोटेल एभोकाडो , हेटौडा, मकवानपुरमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।

सभामा आव २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गर्ने भएको छ । 

५.प्रभु लाइफ इन्स्योरेन्स 

प्रभु लाइफ इन्स्योरेन्सको एजीएम असार २६ गते हुने भएको छ । कम्पनीले सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्नेछ । सभा होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा दिउसो ३ बजेबाट सुरु हुनेछ ।

६.कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकले असारको अन्तिम साता साधारणसभा आह्वान गरेको छ। सभा यही असार २७ गते बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजेबाट शुरु हुनेछ ।

सभामा २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् 

७.राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीले अगामी असार २९ गते साधारण सभा गर्ने भएको छ। सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 
सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। 

८.आईएमई जनरल इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले असार २९ गते साधारणसभा गर्ने भएकोे छ । सभा लैनचौर ब्याङ्क्वेट्स, लैनचौर, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ । 

सभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको