Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली भ्याट बिल बनाई राजश्व छली गर्ने १५  जना विरुद्ध  मुद्दा, करिब तीन अर्ब बिगो

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, १३ : ४८ मा प्रकाशित

नक्कली भ्याट बिल बनाई राजश्व छली गर्ने १५  जना विरुद्ध  मुद्दा, करिब तीन अर्ब बिगो

अर्थ संसार, काठमाडौं- राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा १५  जना विरुद्ध  मुद्दा हालेको छ । विभागले गोपालप्रसाद भट्टराई सहित १५ जना बिरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।

विभागले जिल्ला अदालत काठमाडौमा दर्ता गराएको मुद्धामा भट्टराईलाई तीन बर्ष कैद र विगोको दुई गुणा जरिवानाको माग गरिएको छ । उनमाथि झुट्टा तथा नक्कली विजक तयार एवं विक्री गरी राजस्व छली गरेको आरोप लगाईएको छ ।

इनरुवा घरभई हाल भक्तपुर बस्ने भट्टराईले विभिन्न व्यक्तिहरुको नाममा ८ वटा फर्महरु दर्ता गराई ठगी गरिएको भेटिएको विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको