अर्थ संसार, काठमाडौं - गौतम बुद्ध विमानस्थल निर्माणको म्याद फेरि थपिने भएको छ । पटक पटक निर्माण सम्पन्न हुन लागेको बताइँदै आएको आयोजना वैशाख र जेठभित्र सम्पन्न हुने बताउंदै आए पनि निर्माण कार्य सम्पन्न नभएपछि पुनः म्याद थपिने भएको हो। 
विमानस्थलको धावनमार्गको काम सम्पन्न भए पनि अरु कामहरु सक्ने समय लागेको भन्दै आयोजनाको म्याद फेरी जुन २८ सम्म सारिएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए  । 
राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको उनले बताए। 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस विमानस्थल निर्माण केही ढिलाई हुनुमा चिनियाँ ठेकेदार र सहठेकेदारबीचको विवाद र लापरवाही, मधेस आन्दोलन, निर्माण सामग्रीको अभाव जस्ता कारण रहेको उनले बताए ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस