Like us!
Follow us!
Connect us!
Watch us!

अब सेयरको अडलट कारोबार नियमित समयमै हुने

शुक्रबार, २१ माघ २०७३, १४ : १८ मा प्रकाशित

अब सेयरको अडलट कारोबार नियमित समयमै हुने

अर्थ संसार
काठमाडौं–तपाईं कुनै कम्पनीको १० भन्दा थोरै कित्ता सेयर बेच्न नपाएर चिन्तित हुनु हुन्छ ? अब चिन्ता त्याग्नुस् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो बजार कारोबार थप सहज बनाउन आइतबारदेखि नियमित कारोबार समयमै १० कित्ताभन्दा कमको सेयर किनबेच गर्न सकिने व्यवस्था मिलाएको छ ।

नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्थासमेत मिलाइएको नेप्सेले जनाएको छ ।

यसअघि नियमित कारोबार समय आइतबारदेखि बिहीबारसम्म (बिहान ११ देखि अपरान्ह ३ बजेसम्म) १० र १० ले गुणा जाने संख्याको सेयरमात्र कारोबार हुँदै आएको थियो ।

यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सिल हुने समस्या थियो । यस्तो समस्या हटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको