Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ रेकर्ड राखेको सुनको मूल्य आज स्थिर

कमला भुसाल

आइतबार, ०८ असार २०७६, १० : ५८ मा प्रकाशित

नयाँ रेकर्ड राखेको सुनको मूल्य आज स्थिर

अर्थ संसार, काठमाडौं- अहिलेसम्मकै नयाँ रेकर्ड राखेको सुनको मूल्य साताको पहिलो दिन आज आइतबार स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भएको छ। 

बजारमा सुनको मूल्य बढेसंगै सुन किन्ने भन्दा बेच्ने ग्राहक पनि बढेको सुनचाँदी व्यवसायीहरुको भनाई छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य स्थिर रहेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५  हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि आज स्थिर रहेर ७४० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको