Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

कमला भुसाल

आइतबार, ०८ असार २०७६, १८ : ०७ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्ष गरे । 

सम्झौता अनुसार यस बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सकिनेछ । 

यस सेवा अन्तर्गत ग्राहकले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको पाउन सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको