Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ: तीन दिनदेखि एउटै मूल्यमा कारोबार

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १० : ५७ मा प्रकाशित

सुनको भाउ: तीन दिनदेखि एउटै मूल्यमा कारोबार

अर्थ संसार, काठमाडौं- अहिलेसम्मकै नयाँ रेकर्ड राखेको सुनको मूल्य साताको दोस्रो दिन आज सोमबार पनि स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६५ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज (सोमबार) पनि सोही मूल्यमा कारोबार कारोबार भएको छ। 

बजारमा सुनको मूल्य बढेसंगै सुन किन्ने भन्दा बेच्ने ग्राहक पनि बढेको सुनचाँदी व्यवसायीहरुको भनाई छ।  

त्यसैगरी आज तेजाबी सुनको मूल्य स्थिर रहेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५  हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४४५ रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि आज स्थिर रहेर ७४० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको