Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सलाई २४० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

कमला भुसाल

सोमबार, ०९ असार २०७६, ११ : १२ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सलाई २४० प्रतिशत हकप्रद शेयर बिक्री  गर्ने अनुमति

अर्थ संसार, काठमाडौं - युनाइटेड इन्स्योरेन्सलाई कम्पनीले २४० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ। 

कम्पनीले उक्त शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।  कम्पनीले बोर्डको अनुमतिपश्चात एक बराबर २.४ को अनुपातमा कुल ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो।  उक्त शेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
 
यो हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । युनाइटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको