Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

कमला भुसाल

सोमबार, ०९ असार २०७६, ११ : ३६ मा प्रकाशित

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

अर्थ संसार, काठमाडौं- माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। उक्त ऋणपत्र जारी गर्ने बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

बैंकले १० वर्ष अवधिका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा कुल ३० लाख इकाई अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। उक्त ऋणपत्रमा प्रतिइकाई एक हजार रुपैयाँका दरले आवेदन दिन सकिनेछ।  

कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख भने बैंकले आफ्नै बिक्री गर्नेछ ।

बैंकले ‘१०.२५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको