Like us!
Follow us!
Connect us!
Watch us!

रङ्गशाका लागि प्रदेश सरकारबाट ५ करोड विनियिजन, महानगरले पनि बजेट छुट्याउँदै

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १४ : ०० मा प्रकाशित

रङ्गशाका लागि प्रदेश सरकारबाट ५ करोड विनियिजन, महानगरले पनि बजेट छुट्याउँदै

अर्थ संसार, काठमाडौं- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्टयाईसकेको छ। उक्त रङ्गशालाका लागि  प्रदेश प्रदेश नम्बर ३ अन्तर्गतको भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन्। अहिले प्रदेश सरकारले भने ५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ।

रङ्गशाला निर्माणको काम अघि बढ्दै गएका कारण  प्रदेश सरकार, महानगरपालिका र वडा कार्यालय सकारात्मक देखिएको देखिएको भन्दै यी सबै पक्षबाट बजेट विनियोजन गर्ने तयारी भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन ।

महानगरभित्र रहेका २९ वटा वडाले ५ लाख रुपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन्। बहुवर्षीय योजना भएकाले महानगरले सुरुवाती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ।

भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट ६ करोडभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको