Like us!
Follow us!
Connect us!
Watch us!

फर्कियो पुँजी बजारमा हरियाली, ५.७५ अंकले बजार बढ्दा ४८ करोड माथिको कारोबार

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १५ : ४७ मा प्रकाशित

फर्कियो पुँजी बजारमा हरियाली, ५.७५ अंकले बजार बढ्दा  ४८ करोड माथिको कारोबार

अर्थ संसार,काठमाडौं- साताको दोस्रो दिन आज सोमबार पुँजी बजारमा हरियाली छाएको छ।  पुँजी बजार आज ५.७५ अंकले बढेर १२६०.१० विन्दुमा आइपुगेको छ ।

आज १७३ वटा कम्पनिहरुको १५ लाख ४ हजार ६७२ कित्ता शेयर खरिद बिक्री हुँदा ४८ करोड १४ लाख ९२ हजार ८२८ रुपैयाँको कारोबार भएको छ। 

त्यस्तै क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ अंकले बढेर हरियो देखिएको छ। कुल ४८ करोड १४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ। 

५.७५ अंकले बढेको बजारमा आज बैंकिंग ४.३४ अंकले बढेको छ भने होटल २६.५४ अंक, जलविद्युत कम्पनी ८.५६ अंक, फाइनान्स १.१ अंक, उत्पादन ७.७४ अंक, अन्य ८.६९ अंक र माइक्रोफाइनान्स १७.३८ अंकले बढेको छ।  यता विकास बैंक २.५५  अंक, निर्जीवन बीमा २.२२ अंक, जीवन बीमा २.४ अंक र म्युचल फण्ड भने ०.०३ अंकले घटेको छ।  

आज जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले आफ्नो लगानी ९.९१ प्रतिशतले बढाएका छन् भने मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.६१ प्रतिशले आफ्नो लगानी गुमाएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको