Like us!
Follow us!
Connect us!
Watch us!

दाङ दङ्गीसरणमा खानेपानीको चरम अभाव, समस्या समाधान गर्न मन्त्रीलाई ज्ञापनपत्र

कमला भुसाल

सोमबार, ०९ असार २०७६, १७ : ४३ मा प्रकाशित

दाङ दङ्गीसरणमा खानेपानीको चरम अभाव, समस्या समाधान गर्न मन्त्रीलाई ज्ञापनपत्र

अर्थ संसार, काठमाडौं- दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका वडा नम्बर १ र २ को खानेपानी समस्या समाधान गर्न खानेपानी मन्त्रीलाई ध्यानार्कषण गराईएको छ । न्याय अधिकार संस्था (जुरी नेपाल) र जागरण मिडिया सेन्टरले मन्त्री मगरलाई ध्यानार्कषण पत्र बुझाउँदै जीवनको अधिकार संरक्षण गर्न माग गरेका छन् ।

त्यहाँका स्थानीयले दशकौंदेखि खानेपानीका लागि संघर्ष गरिरहनु परेको भन्दै प्राथमिकताका साथ हेरिदिन उनीहरुले आग्रह गरेका छन् । जवाफमा मन्त्री मगरले विगतमा एकदमै न्युन बजेट विनियोजन हुने गरेकाले खानेपानीको समस्या सोचेअनुसार समाधान हुन नसकेको बताइन्। यस वर्ष खानेपानीका लागि अहिलेसम्मकै उच्च बजेट अर्थात ४३ अर्ब विनियोजन गरिएको भए पनि त्यो पर्याप्त नभएको उनको भनाई छ ।

अधिकारकर्मीहरुसँग बोल्दै उनले भनिन, 'हिजोका दिनमा जति प्राथमिकता पाउनु पथ्र्यो खानेपानी मन्त्रालयले पाएनछ र आज प्राथमिकतामा त परेको छ तर समस्याका हिसाबले यो पनि पर्याप्त छैन ।' खानेपानीको समस्या समाधान गर्न भर्खरै आधार तय गरेको स्मरण गर्दै उनले दाङ जिल्लामा रहेको संकटलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिइन ।

प्रशोधित खानेपानी ख्वाउन सके मात्र पनि आधाभन्दा बढी रोगबाट मानिसलाई जोगाउन र आयु वृद्धि गर्न सकिने तर यस्तो संवेदनशील विषय विगतमा प्राथमिकतामा नपरेको भन्दै उनले आश्चार्य व्यक्त गरिन। खानेपानीका लागि गर्नु पर्ने संघर्षका कारण महिलाको स्वस्थ्यमा नकारात्मक असर परिरहेको भन्दै उनले यस्ता समस्या समाधान गर्न आफु योजनाबद्ध ढंगले अघि बढेको बताइन  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको