Like us!
Follow us!
Connect us!
Watch us!

आज फेरी बढ्यो सुनको मूल्य, अहिलेसम्मकै नयाँ रेकर्ड

कमला भुसाल

मंगलबार, १० असार २०७६, १० : ३५ मा प्रकाशित

आज फेरी बढ्यो सुनको मूल्य,  अहिलेसम्मकै नयाँ रेकर्ड

अर्थ संसार, काठमाडौं- सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड राख्दै आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिनदेखी ६५ हजार रुपैयाँमा कारोबार सुन आज फेरी उच्च विन्दुमा पुगेको छ। साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेर ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् ।

नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हुँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिने सुनचाँदी व्यवसायीले बताएका छन्।  

बजारमा सुनको मूल्य बढेसंगै सुन किन्ने भन्दा बेच्ने ग्राहक पनि बढेको सुनचाँदी व्यवसायीहरुको भनाई छ।  

त्यसैगरी सोमबार ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज ५०० रुपैयाँले बढेर ६५ हजार २०० रुपैयाँमा कारोबार छ।

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार १५५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ९०० रुपैयाँ कायम गरेको छ। 

त्यस्तै आज चाँदीको मूल्य पनि आज स्थिर रहेर ७४० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३४ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको