Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता शेयर लिलामीमा

कमला भुसाल

मंगलबार, १० असार २०७६, ११ : ३५ मा प्रकाशित

नेरुडे लघुवित्तको  १ लाख १० हजार कित्ता शेयर लिलामीमा

अर्थ संसार, काठमाडौं- नेरुडे लघुवित्त वित्तीय संस्थाले असार १० गत अर्थात मंगलबारदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको छ ।

यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको