Like us!
Follow us!
Connect us!
Watch us!

मर्स्याङदी हाइड्रोको ८ लाख ८५ हजार कित्ता शेयर बुटवल पावरले किन्यो

कमला भुसाल

मंगलबार, १० असार २०७६, १३ : १८ मा प्रकाशित

मर्स्याङदी हाइड्रोको ८ लाख ८५ हजार कित्ता शेयर बुटवल पावरले किन्यो

अर्थ संसार, काठमाडौं- बुटवल पावर कम्पनीले २८२ मेगावाट क्षमताको मर्स्याङदी हाइड्रो पावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता शेयर खरीद गरेको छ। राजरत्न इनर्जी होल्डिङस् र मर्स्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको कम्पनीले जनाएको छ ।

बुटवल पावरले दुई कम्पनीको गरी कुल ८ लाख ८५ हजार कित्ता शेयर खरिद गरेको बताएको छ । उक्त शेयर खरीद भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडएस एउण्ड क्लियरिङ लिमिटेडलाई दिएको छ ।

मनाङमा आयोजना स्थल रेहको मनाङ मस्र्याङदी कूल २८२ मेगावाट क्षमताको आयोजना होे। सो आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत् खरीद बिक्री प्रक्रियामा रहेकोे छ।

सो आयोजना चिनीया साझेदारहरु एससिआइजी इन्टनरेशनल, क्याइसी इन्टनरनेशन र एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण प्रक्रियामा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको