अर्थ संसार, काठमाडौं- काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाले उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तीय क्षेत्र र सहकारीमा ६९ करोड ७ लाख ६४ हजार खर्च गर्नेछ भने ७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा खर्च गर्नेछ ।
त्यस्तै, सामाजिक विकास कार्यक्रमलाई १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रमा १ अर्ब ३४ करोड रुपैयाँ र वातावरण तथा विपद व्यवस्थापनका लागि महानगरले ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस