Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो

कमला भुसाल

बुधबार, ११ असार २०७६, १० : ४८ मा प्रकाशित

सुनको मूल्य घट्यो

अर्थ संसार, काठमाडौं– साताको चौथो दिन आज बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी मंगलबार ६५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज ५०० रुपैयाँले घटेर ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७३५ रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३० रुपैयाँ कायम गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको