Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको साधारणसभा आज

कमला भुसाल

बुधबार, ११ असार २०७६, ११ : १५ मा प्रकाशित

माथिल्लो तामाकोशीको साधारणसभा आज

अर्थ संसार, काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको वार्षिक साधारण सभा आज बुधबार (असार ११ गते) बस्दै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने  भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते मंगलबारदेखि असार ११ गते सम्म बुक क्लोज गरेको छ ।
 
सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गरी पारित गर्ने लागायतका एजेन्डा राखिएका छन् । यस्तै, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, सर्वसाधाराण सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ जना सञ्चालकको निर्वचनबाट गर्ने एजेन्डा पनि राखिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको