Like us!
Follow us!
Connect us!
Watch us!

डलरको मूल्यमा सामान्य गिरावट, युके पाउण्ड स्ट्रलिङको भाउ एक सय ३९ मा झर्यो (सूचीसहित)

कमला भुसाल

विहीबार, १२ असार २०७६, १० : २५ मा प्रकाशित

डलरको  मूल्यमा  सामान्य गिरावट, युके पाउण्ड स्ट्रलिङको भाउ एक सय ३९ मा झर्यो (सूचीसहित)

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले असार १२ गते अर्थात आज बिहिवारका लागि अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा कायम गरेको छ भने बिक्रीदर ११० रुपैयाँ ९५ पैसामा कारोबार भएको छ।  बुधवार अमेरिकी एक डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो। 

त्यस्तै आज केन्द्रिय बैंकले युरोपियन एक युरोको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ०६ पैसा कायम गरेको छ। बुधवार युरोपियन एक युरोको खरिददर १२५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो।  

त्यसैगरी केन्द्रिय बैंकले आज बिहिवारका लागि एक युके पाउण्ड स्ट्रलिङको खरिददर  १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसा कायम गरेको छ। बुधवार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो। 

त्यस्तै आज कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा कायम गरेको छ भने बहराइन एक दिनारको खरिददर २९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २९४ रुपैयाँ २९ पैसा कायम गरेको छ। 

 

5d144d3d2516f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको