अर्थ संसार, काठमाडौं– साताको पाचौं दिन आज बिहिवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भएको छ ।
त्यसैगरी बुधबार ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भएको छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेर ७३५ रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६३० रुपैयाँ कायम गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस