Like us!
Follow us!
Connect us!
Watch us!
लगानीकर्ता लाभान्वित हुने नेप्सेको विश्वास

आइतबारदेखि अडलट कारोबार नियमित समयमै

आइतबार, २३ माघ २०७३, १२ : ५० मा प्रकाशित

आइतबारदेखि अडलट कारोबार नियमित समयमै

अर्थ संसार 
काठमाडौंण– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो बजार कारोबार थप सहज बनाउन आइतबार (आज) देखि नियमित कारोबार समयमै १० कित्ताभन्दा कमको सेयर किनबेच गर्न सकिने व्यवस्था मिलाएको छ ।

नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको छ । यो व्यवस्था कारोबार समय ( आइतबार (आज) देखि बिहीबारसम्म विहान ११ देखि अपरान्ह ३ बजेसम्म १० र १० ले गुणा जाने संख्याको सेयरमात्र कारोबार हुँदै आएको थियो ।

यसरी अन्य किसिमका अर्डरमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा अर्डर क्यान्सिल हुने समस्या थियो
यसरी अन्य किसिमका अर्डरमा १० ले गुण जाने कित्ता नभएको अवस्थामा अडर क्यानसिल हुने समस्या थियो । नेप्सेले गरेको नयँँ व्यवस्थापछि उक्त समस्या निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको