Like us!
Follow us!
Connect us!
Watch us!

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा यसरि हेर्न सकिने

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, ११ : ५१ मा प्रकाशित

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा यसरि हेर्न सकिने

अर्थ संसार, काठमाडौं- कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते सञ्चालन गरिएकाे कोरियाली भाषा परीक्षाको आज (शुक्रबार) सार्वजनिक गरिएको हो।

भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो। परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए। आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ।

इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा http:// www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइटhttp://www.dofe.gov.np मा गएर हेर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको