Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनश शेयर पारित

कमला भुसाल

शुक्रबार, १३ असार २०७६, १४ : २८ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनश शेयर पारित

अर्थ संसार, काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाबाट कम्पनीले शेयरधनीहरुलाई १५.४८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५.४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै कम्पनीले सभामा सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गरेको हो। कम्पनीको सञ्चालनमा पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाल २०७६ असार ६ गते निर्वाचित भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको