अर्थ संसार, काठमाडौं- नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता शेयर भर्ने मंगलबार अन्तिम दिन रहेको छ।
संस्थाले असार १० गत अर्थात मंगलबारदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । उक्त शेयरमा लगानिकर्ताले मंगलबार कार्यालय समयसम्ममा आवेदन दिन पाउनेछन।
यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस