Like us!
Follow us!
Connect us!
Watch us!

साताको पहिलो दिन पुँजी बजार राताम्मे, १२.२७ अंकले घट्दा साढे ६४ करोडको कारोबार

कमला भुसाल

आइतबार, १५ असार २०७६, १५ : ५६ मा प्रकाशित

साताको पहिलो दिन पुँजी बजार राताम्मे, १२.२७ अंकले घट्दा साढे ६४ करोडको कारोबार

अर्थ संसार,काठमाडौं– साताको पहिलो दिन आज आइतबार पुँजी बजार राताम्मे भएको छ ।  पुँजी बजार आज दोहोरो अंकले तल झर्दा सबै विन्दुमा रातो रङ देखिएको हो । आइतबार  पुँजी बजार १२ दशमलव २७ अंकले घटेर १ हजार २ सय ४४ दशमलव ८९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

आज १७२ वटा कम्पनिहरुको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर खरिद बिक्री हुँदा ६४ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको छ । 

त्यस्तै क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.९२ अंकले घटेको छ । कुल ६४ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ग्लोवल आइएमई बैंक लिमिटेडले गरेको छ भने त्यसपछि क्रमशः नेपाल बैंक लिमिटेड र शिवमले गरेका छन् ।

दोहोरो अंकले घटेको बजारमा बजारमा आज बैंकिंग ११.८५ अंकले घटेकोे छ भने होटल ५.२६ अंक, विकास बैंक १२.६९ अंक, जलविद्युत कम्पनी १३.१३ अंक, फाइनान्स २.९ अंक, निर्जीवन बीमा ५९.९७, उत्पादन ३६.३८ अंक,अन्य ३.३९ अंक र माइक्रोफाइनान्स १५.३९ अंक, जीवन बीमा ५८.२९ र म्युचल फण्ड भने ०.०३ अंकले घटेका छन् ।  

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.७१ प्रतिशतले आफ्नो लगानी बढाएका छन् भने रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशतले आफ्नो लगानी घटाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको