अर्थ संसार, काठमाडौं- राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कोटेश्वर—कलंकी, चक्रपथ सडक किनारमा सौन्दर्यमुलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरि बैंकको सहयोगमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मि.सम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाएका छन् । 
नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले हालसम्म देशभर आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखामार्फत आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस