Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग  परिसंघको प्रतिनिधि मण्डल डालियान प्रस्थान

कमला भुसाल

आइतबार, १५ असार २०७६, १७ : ०५ मा प्रकाशित

नेपाल उद्योग  परिसंघको प्रतिनिधि मण्डल डालियान प्रस्थान

अर्थ संसार, काठमाडौं– मित्र राष्ट्र चिनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा यहि जुलाई १ देखि ३ गते सम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल चिन प्रस्थान गरेको छ । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेतृत्व गरेकोे उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल रहेका छन् ।

उक्त प्रतिनिधि मण्डलले चिनमा रहँदा चिनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने छ । सो भेटघाटमा चिनिया लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ । 

त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउने मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको छ । 

नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहँदा अन्य देशहरुका समकक्षिसंग समेत सहकार्यका लागि छलफल गर्ने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको