Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार फेरि अधोगतिमा, घट्दो बजारमा कमाउने कोको ?

आइतबार, २३ माघ २०७३, १६ : ४५ मा प्रकाशित

सेयर बजार फेरि अधोगतिमा, घट्दो बजारमा कमाउने कोको ?

अर्थ संसार

काठमाडौं–गत साता एक दिन उछालिएको सेयर बजार फेरि ओरालो गतिमा लागेको छ । साताको पहिलो दिन बजार झण्डै १८ अंकले घटेको छ । कारोबार रकम समेत आधाजत्तिकै घटेको छ । 

बजार आइतबार निकै उतार चढावपूर्ण भएर १७.९५ अंकले घटेको हो । कारोबार रकम पनि  २६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । विहान बजार खुल्नासाथ परिसुचक निरंतर रुपमा ३० अंकले ओरालिएको थियो । त्यसपछि केही उकालो लागेको बजार घटेरै बन्द भयो । यस दिन कमाउने भाग्यमानी समुह होटल भएको छ । 

यस दिन सवैभन्दा बढी बीमा समुह १२६ अंकले घटेको छ । त्यसपछि बैंकिङ समुह २०.७२ अंक, विकास बैंक ४.०२, फाइनान्स ५.७२, जलविद्युत ०.३८ र अन्य ९.५४ अंकले घटेका छन् ।

यस दिन १२२ कम्पनीको ६ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा डिप्रोक्स लघुवित्त भएको छ । यसको ३ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसपछि प्रभु बैंक, नेपाल लाइफ इन्सुरेन्स कम्पनी र नेपाल इन्भेस्टमेन्ट बैंकको मात्र १ करोड रुपैया भन्दा बढीको कारोबार भएको छ । 

यस दिन धेरै गुमाउनेमा यस दिन सिर्जना फाइनान्स, काबेली विकास बैंक, सूर्या लाइफ इन्सुरेन्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र लक्ष्मी लघुवित्त विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् । यस दिन कमाउनेमा भने आइएलएफसिओ माइक्रोफाइनान्स, नबिल इक्वीटी फन्ड र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकलगायत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको