Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एकै दिन अर्बको सेयर सूचिकृत, कसको कति ?

आइतबार, २३ माघ २०७३, १७ : ११ मा प्रकाशित

नेप्सेमा एकै दिन अर्बको सेयर सूचिकृत, कसको कति ?

अर्थसंसार
काठमाडौँ – कारोबारका लागि बजारमा आइतबार एकै दिन १ करोड १ लाख ३० हजार ७ सय ५६ कित्ता सेयर थपिएको छ । नेपाल स्टक एक्स्चेन्जमा यस दिन सिद्धार्थ बैंक र मनास्लु विकास बैंकको हकप्रद, हिमालयन जनरल इन्स्योरेन्स, हामा मर्चेन्ट एन्ड फाइनान्स र प्यासिफिक डेभलपमेन्ट बैंकको बोनस तथा कर्णाली विकास बैंकको बोनस र हकप्रद सेयर सूचिकृत भएको हो ।

सूचिकृत भएको सेयरमा सिद्धार्थ बैंकको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता,  कर्णाली विकास बैंकको १५ लाख, प्यासिफिक डेभलपमेन्ट बैंकको २ लाख ४० हजार ७ सय १६ कित्ता, मनास्लु विकास बैंकको ९ लाख १७ हजार ६ सय ४७, हिमालयन जनरल इन्सुरेन्सको ६ लाख ४२ हजार कित्ता र हामा मर्चेन्ट एन्ड फाइनान्स २ लाख ६५ हजार २ सय कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको