Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला

अर्थ संसार

मंगलबार, १७ असार २०७६, १० : ५९ मा प्रकाशित

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला

अर्थ संसार, काठमाडौं– सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ कालागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्र वृत्ति प्रदान गर्दै आइरहेको छ ।
सोहि कार्यक्रमलाई निरन्तरता दिदैं यस बैंकले उच्च माध्यमिकतह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदनश् रावण १० सम्म गतेदिन सकिने छ ।

यो छात्र वृत्ति बैंकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिकतह (प्लस टु) अध्ययनका लागि दिइदै आएको छ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com मायिन log in गर्नुहोला ।
यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २,०००/ नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।

5d1aec2ca44ed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको