Like us!
Follow us!
Connect us!
Watch us!

विदेश जान चाहन्छन्, इञ्जिनीयरिङका उत्कृष्ट विद्यार्थी

मंगलबार, १७ असार २०७६, १९ : ०९ मा प्रकाशित

विदेश जान चाहन्छन्, इञ्जिनीयरिङका उत्कृष्ट विद्यार्थी

अर्थ संसार, काठमाडौं– तीनै तहका सरकारले प्राविधिक जनशक्ति बढाउने योजना बनाइरहँदा क्याम्पसमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी विदेशिरहेका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा अध्ययन गरेकामध्ये उत्कृष्ट अङ्क ल्याएकामध्ये थोरै मात्रै विद्यार्थी देशमा नै बस्ने चाहेको पाइएको पुल्चोक इञ्जिीनियरिङ क्याम्पसले जनाएको छ ।

विगतमा पास गरेकाहरु वैदेशिक अध्ययनमा गइरहेको र अहिले अध्ययनरत् पनि पास हुनासाथ विदेश नै जाने योजना बनाएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । उहाँका अनुसार स्नातक तहमा इञ्जिनीयरिङ विभागका जुनसुकै सङ्कायमा अध्ययन गरेकाहरु स्नातकोत्तरका लागि विदेश जान चाहन्छन् । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र क्यानडा नै धेरैको रोजाइमा परेको उहाँले बताउनुभयो । स्नातक सकेर स्नातकोत्तर अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको क्याम्पसले जनाएको छ । उहाँले भन्नुभयो, “उता नै राम्रो अवसर पाउनेभन्दै विद्यार्थीहरु स्नातक, स्नातकोत्तर गर्ने र उतै काम गर्ने गरी जान्छन् ।”

कलेजका कक्षामा पढिरहँदा नै धेरैले थप अध्ययन विदेशमा गर्ने योजना बनाउने गरेको दुवाको भनाइ छ । विदेशमा रहेका कतिपय विश्वविद्यालय पहिले नै यहाँका विद्यार्थीका लागि विभिन्न अवसरको उद्घोष गर्ने गरेको सहायक क्याम्पस प्रमुख दुवाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि जापानको एउटा विश्वविद्यालय १२० जना विद्यार्थीलाई स्नातकोत्तर अध्ययनको अफर लिएर आइरहेको छ ।” २५ वर्ष पुरानो क्याम्पसमा अहिले छ सङ्काय रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको