Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डले सेयर बजारबारे दाङ, सल्यान र रुकुममा जगायो सचेना

सोमबार, २४ माघ २०७३, १३ : २२ मा प्रकाशित

बोर्डले सेयर बजारबारे दाङ, सल्यान र रुकुममा जगायो सचेना

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले मध्यपश्चिमाञ्चलको दाङ्ग, सल्यान र रुकुममा सेयर बजारबारे सचेतना कार्यक्रम गरेको छ । सम्बन्धित जिल्लाउद्योग वाणिज्य संघसँगको आजोजनामा पूँजी बजारबारे अन्र्तकृया सम्पन्न गरेको बोर्डले जनाएको छ ।

दाङ्गमा भएको अन्र्तकृयामा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बोर्डले संचालन गरेका पूँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रमले काठमाडौं केन्द्रित पूँजी बजारले दाङ्गमा समेत लगानीको वातावरण बनाउने बताए ।

साथै त्यहास्थित भिक्टोरिया इन्टरनेशनल कलेजको संयोजनमा २ सय जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा पूँजीबजार सम्बन्धी थप कार्यक्रमसमेत गरिएको छ ।

उता सल्यानमा उद्योग बाणिज्य संघका अध्यक्ष सधन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले लगानीकर्ताहरुको बजारप्रतिको बिश्वास अभिबृद्धि गर्न नियमन तथा सुपरीवेक्षण कार्यलाई धितोपत्र बोर्डले अझै प्रभावकारी रुपमा अगाडी वढाउनुपर्ने धारण राखे ।

सल्यानकै शिवजन क्याम्पसमा करीव १७५ जना विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा समेत यस्तो कार्यक्रम गरिएको बोर्डले जनाएको छ । त्यस्तैै रुकुममा उद्योग बाणिज्य संघका उपाध्यक्ष वालकुमारी गिरीको सभापतित्वमा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले नेपालको पूँजीबजार लगानीकर्तामैत्री भई अर्थतन्त्रको ऐनाको रुपमा विकास हुँदै बताए ।

रुकुमको त्रिभुवन जनता उच्च माबिमा भएको अर्को कार्यक्रममा १ सय ६० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरु सहभागि थिए । उक्त कार्यक्रमहरुमा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, लगानीकर्ताहरु, शिक्षक, विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपालको पूँजी बजारका विविधपक्षहरु, पूँजी बजारका संभावना तथा चूनौतीहरुको बारेमा अन्तर्कृया गरिएको थियो ।उठेका जिज्ञासाहरुको प्रतिउत्तर दिँदैं बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित पूँजी बजारलाई देशव्यापी वनाउने क्रममा जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए ।

 उनले प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्न माघ १ देखि आस्बा प्रणाली लागू गरिएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको