अर्थ संसार
काठमाडौं–सेयर बजारले फेरि अधोगति समातेको छ । निरंतर ओरालो लागेको बजार गत साता एक दिन सामान्य र अर्को दिन उच्च दरमा बढे पनि यस साता कारोबार सुरु भएदेखि निरंंतर घटेको छ । बजार सोमबार अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार बजार झण्डै १८ अंकले घटेको थियो । कारोबार रकमसमेत आइतबारको तुलनामा झण्डै ३ करोडले घटेको छ । यस दिन २३ करोड ६१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । आइतबार २६ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो ।
निकै उतार चढावपूर्ण आइतबारको बजार १५.६६ अंकले घटेर बन्द भएको छ । विहान बजार खुल्नासाथ परिसुचक निरंतर घटेर १२ बजेसम्म १८ अंकले ओरालो लागेको थियो । त्यसपछि सम्हालिएको बजार अन्ततः करिव १६ अंकले घटेरै बन्द भयो । यस दिन कमाउने भाग्यमानीहरुको समुह अन्य भएको छ ।
यस दिन पनि आइतबार जस्तै सवैभन्दा बढी बीमा समुह १२४ अंकले घटेको छ । आइतबार यो समुह १२६ अंकले घटेको थियो । त्यसपछि होटल समुह ४८.९४, बैंकिङ समुह १५.९६ अंक, विकास बैंक १४.१३, फाइनान्स ९.१२, जलविद्युत ४.६६ अंकले घटेका छन् ।
यस दिन १३४ कम्पनीको ६ लाख २७ हजार ८ सय ४० कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेर १३४८.८४ मा समेटिएको छ ।
सबैभन्दा बढी कारोबार हुने कम्पनीमा प्रभु बैंक भएको छ । यसको १ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसपछि डिप्रोक्स डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले मात्र कारोबार १ करोड नघाएका छन् ।
यस दिन धेरै गुमाउनेमा युनाइटेड फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र रिलायबल माइक्रोफाइनान्सलगायत छन् । यस दिन कमाउनेमा मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेबिल्स फाइनान्सलगायत छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस