अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई उनको पढाईको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
विपन्न परिवारमा जन्मिएकी उनी पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले यस बैंकबाट उपलब्ध गराईएको आर्थिक सहयोगले उनको पढाईमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलज्यूले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई चेक हस्तान्तरण गर्नु भएको कुरा यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस