Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफ इन्स्योरेन्सले निस्कासन गर्ने भयो सत प्रतिशत हकप्रद, एनआइबिएल विक्री प्रबन्धक

मंगलबार, २५ माघ २०७३, ११ : ०५ मा प्रकाशित

नेशनल लाईफ इन्स्योरेन्सले निस्कासन गर्ने भयो सत प्रतिशत हकप्रद, एनआइबिएल विक्री प्रबन्धक

अर्थ संसार

काठमाडौं–नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक वरावर एकका दरले हकप्रद निस्कासन गर्न निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई तोकेको छ । यस सम्बन्धी सम्झौतामा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफले १ करोड ३२ लाख ४८ हजार ६ सय ३७ कित्ता हकप्रद साधारण शेयर निस्कासन गर्ने छ । कम्पनीले भर्खरै फर्दर पब्लिक अफरिङ (एफपिओ) निस्कासन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोष १६ अरबको हाराहारीमा पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷०७३ मा ३ अर्ब ८४ करोड बीमाशुल्क संकलन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको