अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिमिटेड द्वारा संचालित  नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
 
सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लाग ुहुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय,नेपालगंजका क्षेत्रीय प्रबन्धक  जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लिÞÞ का प्रबन्ध संचालक डाÞ सुरेश कुमार कानोडियाले हस्ताक्षर गर्नु भयो ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस