Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गाको साधारणसभाले पारित गर्यो पूर्णिमा र भार्गव गाभ्ने प्रस्ताव, २५ प्रतिशत हकप्रद जारी गर्ने

अर्थ संसार

शुक्रबार, २७ असार २०७६, १५ : ४५ मा प्रकाशित

साइन रेसुङ्गाको साधारणसभाले पारित गर्यो पूर्णिमा र भार्गव गाभ्ने प्रस्ताव, २५ प्रतिशत हकप्रद जारी गर्ने

अर्थ संसार, काठमाडौं– साइन रेसुङा बिकास बैंकको  शुक्रबार सम्पन्न बिशेष  साधारणसभाले पुर्णिमा बिकास बैंक र भार्गव बिकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ ।

दुबै बैंकले साइनको १०० सेयर बराबर ९५ शेयरको अनुपातमा शेयर पाउनेछन । चैत मसान्तसम्मको विवरण अनुसार दुई बैंक प्राप्तिपछि बैंक राष्ट्रियस्तरको बिकास बैंक हुनेछ । शाखा ७०, चुक्ता पुँजी २ अर्ब ६२ करोड, रिजर्भ ९७।७८ करोड, निक्षेप २३ अर्ब ६९ करोड कर्जा २१अर्ब२९ अर्ब हुनेछ ।

प्राप्ति पछि बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद जारी गरिसकेपछि बैंकको पुँजि ३अर्ब २७ करोड हुनेछ । हकप्रद र बोनस सेयर जारी गरेमा बैंकको पुजि ३अर्ब ७५ करोड पुग्ने देखिन्छ । बैंकको केन्द्रिय कार्यलय ५ नम्बर प्रदेश, रुपन्देहीको बुटवल राखी रास्ट्रस्तरमा कार्यक्षेत्र बिस्तार गर्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको