अर्थ संसार, काठमाडौं जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष  केशब बहादुर रायमाझीले गर्नुभएको थियो, उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । 
देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो ।
यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस