अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाएर मन्त्रालय धाउने प्रवृत्ति अब अन्त्य हुने बताउनुभएको छ । 
यसैका निमित्त जिम्मेवार कार्यकारीहरुसँग मन्त्रालयले आज कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । सञ्चार मन्त्रालयले पहिलो पटक मन्त्रालयमातहतका १४ निकायका प्रमुखसित कार्यसम्पादन करार सम्झौता गरेको हो ।
सेवा तथा विकास कार्यलाई समयमै सम्पन्न गर्न र थप गुणस्तरीय  बनाउन सञ्चार मन्त्री बाँस्कोटाको उपस्थितिमा सो सम्झौता गरिएको थियो । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले निकायका प्रमुखसित आज मन्त्रालयमा आयोजित कार्यक्रममा  मन्त्रालय स्थापना दिवस पारेर कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । विसं २०२८ साउन १ मा मन्त्रालयको  स्थापना भएको थियो । सााउन १ लाई कर्कट सङ्क्रान्ति अर्थात् लुतो फाल्ने पर्वका रुपमा नेपालभर मनाइन्छ । आजैदेखि नयाँ आर्थिक वर्ष पनि शुरु भएको छ ।
सम्झौता गर्र्ने आमसञ्चार क्षेत्रका प्रमुखमा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली हुनुहुन्थ्यो ।
यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका निमित्त प्रमुख सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल दूरसञ्चार कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेल पनि करार सम्झौता गर्नेमा हुनुहुन्थ्यो ।
मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली, सूचना तथा प्रसारण विभागका महानिर्देशक कृष्णकुमार न्यौपाने, सूचना प्रविधि विभागका महानिर्देशक रश्मिप्रसाद यादव र  मुद्रण विभागका निमित्त महानिर्देशक पद्मराज पाठक पनि करार सम्झौता  गर्ने मध्ये हुनुहुन्थ्यो ।
मन्त्रालयअन्तर्गत आव २०७५/०७६ का मुख्य मुख्य प्रगति र उपलब्धि, चालु आवमा सञ्चालन गरिने कार्यक्रमको एकीकृत कार्ययोजना र विभागीय प्रमुखसंँग कार्यसम्पादन करार सम्झौता सम्बन्धी कार्यक्रमलाई सञ्चार मन्त्रालयमा आज सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य पूरा गर्न गत वर्ष आधार वर्ष भएको र यस वर्ष प्रगतिको वर्ष हुने बताउनुभयो । राजनीतिक सङ्क्रमण अन्त्य र संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानूनी आधार तयार भएकाले गत वर्ष आधार वर्ष रहेको र यस वर्ष शिलान्यासको वर्ष हुने उहाँले बताउनुभयो ।
सरकारले धेरै राम्रा काम गरेको र  ती सबै जनतालाई जानकारी गराउनुपर्ने बताउँदै सरकारका प्रवक्ताले  भन्नुभयो, “वर्तमान सरकार  पाँच वर्षका लागि स्थायी छ । कर्मचारी संयन्त्र त स्थायी छँदैछ ।  यस्तो अवस्थामा सरकार धेरै काम गर्न चाहन्छ । काम देखाउन चाहन्छ । कर्मचारी सरकारको सहयोगी बन्नुपर्छ ।”
उहाँले तत्काल गण्डकी प्रदेश र ५ अन्तर्गत दूरसञ्चार प्रविधिको अप्टिकल फाइबरसम्बन्धी कामलाई अगाडि नबढाउने कम्पनीको सम्झौता रद्द गर्न निर्देशन दिँदै सयममा काम शुरु नगर्ने कम्पनीलाई कारवाही गरिने चेतावनी दिनुभयो ।  गुणस्तरीय सेवा र स्वतन्त्र सेवाका लागि समयमै ठेक्कापट्टा गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देश दिँदै सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “ मेरो ठेक्कापट्टामा कुनै इन्ट्रेष्ट छैन, मैले फलनालाई ठेक्का दिनुप¥यो पारिदिनुप¥यो भनेको छैन, भन्दिन पनि । ठेक्कापट्टामा विवाद नआउने गरी काम गर्नुहोस् । ”
सरकारको ध्यान सुरक्षित मुद्रण र स्याटेलाइट
उहाँले मन्त्रालयमातहतका निकायमा बिहान, दिउँसो, साँझ र रात जुनसुकै समय र अवस्थामा अनुगमन गरिने जानकारी दिँदै भन्नुभयो, “ढोका खोलिन्छ, काम हेरिन्छ ।” मन्त्री बाँस्कोटाले सरकारले लगाएका काम इमान्दारीपूर्वक सम्पन्न गर्न मातहतका प्रमुखलाई निर्देशन दिँदै अब  प्रमुखले आफ्ना विभागीय प्रमुखसित करार सम्झौता गर्नुपर्ने र आफ्ना सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकार एक्लै सफल हुँदैन”, उहाँले भन्नुभयो ।
मन्त्री बाँस्कोटाले सुरक्षित मुद्रण, आफ्नै स्याटेलाइट स्थापना, नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण, हुलाक सेवाको थप सुदृढीकरण, दूरसञ्चारको पहुँच विस्तारजस्ता कार्यमा सरकारले ध्यान दिएको बताउनुभयो ।
 सो अवसरमा सञ्चार मन्त्रालयका सचिव गुरुङले गत वर्ष ८० प्रतिशत पूँजीगत खर्च र ५५ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जानकारी दिनुभयो ।  विसं २०८० मा दूरसञ्चार सेवाअन्तर्गत मोबाइल सेवाको पहुँच पु¥याइने जानकारी दिँदै उहाmँले आगामी दशैँ अगाडि दूरसञ्चार प्रविधिको पछिल्लो पुस्ता फोरजी पुग्ने विश्वास दिलाउनुभयो ।उहाँले पुष्पलाल९मध्यपहाडी० लोकमार्गअन्तर्गत पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर राख्ने  काम शुरु भएको र  आफ्नै स्याटेलाइट स्थापना भएको जानकारी दिँदै इन्टरनेटको शुल्क वृद्धि नहुने स्पष्ट पार्नुभयो ।
मन्त्रालयका सहसचिव राधिका अर्यालले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा आगामी दिनका कार्यसम्पादन गर्न नीतिगत तथा कानूनी सुधार भएको बताउनुभयो ।
गत वर्षका उपलब्धि
राष्ट्रिय प्रसारण ऐन २०४९ मा संशोधन, सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमा ९ विज्ञापन नियमन  र दूरसञ्चार विधेयक०, नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमा, आमसञ्चारसम्बन्धी विधेयक, हुलाक सेवा विधेयक, सुरक्षणसम्बन्धी विधेयक, सार्वजानिक सेवा प्रसारण विधेयक, चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक, सरकारी निकायमा विद्युतीय पत्राचार ९इमेल० व्यवस्थापनसम्बन्धी निर्देशिका तयार भएको जनाइएको छ ।
यसैगरी प्रवक्ताको काम, कर्तव्य तथा अधिकारसम्बन्धी निर्देशिका, सूचनाको हकको कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, पत्रकार वृत्तिकोष सञ्चालन निर्देशिका, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, प्रदेश राजपत्रसम्बन्धी कार्यविधिलगायत निर्देशिका कार्यान्वयनमा आएका थिए ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस