अर्थ संसार, काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बीमा शुल्करु.१०० करोड भन्दा बढी संकलन गर्न सफल भएको छ ।
कम्पनीको प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सञ्चालक दिपप्रकाश पाण्डेले कम्पनी सञ्चालनको दोश्रो वर्षमा नै एक सय  करोड भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको बताउनुभयो ।
सोही अवसरमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत  पोषक राजपौडेलले कम्पनीको व्यवसायिक विकास एवम समुन्नती संगैकर्मचारीको वृत्तिविकास हुँदै जानुका साथै यस वर्षको उपलब्धिले थपउर्जा प्रदान गरेको र आगामी वर्ष यो भन्दा अझ राम्रो व्यवसाय गर्न हौसला प्राप्त भएको बताउनु भयो ।
यसका साथै कम्पनीले एक सय करोड भन्दा बढी प्रथमबीमाशुल्कआर्जन गर्न सहयोग पुर्याउने नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, सम्पूर्ण कर्मचारी,अभिकर्ता मित्रहरु तथा कम्पनीद्वारा प्रचलनमा ल्याइएका बीमालेख प्रतिविश्वास गरी सो खरिद गर्ने सम्पूर्ण बीमितहरु,एवम् यस उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सरोकारवालाहरु प्रतिआभार व्यक्तगर्नु भयो ।
यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृतिलिई कम्पनीलेरु. ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने बताउनु भयो । कम्पनीले नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस