अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
के-के छन त नितीमा  ?
 
	- 
	
 २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने
	 
	- 
	
एक भन्दा बढि लघु वित्त वित्तीय संस्थामा निश्चित प्रतिशत भन्दा बढि शेयर स्वामित्व हुने शेयरधनीहरु भएको संस्थालाई गाभ्ने गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवस्यक व्यवस्था मिलाइने छ।
	 
	- 
	
वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने
	 
	- 
	
बैंक तथा वित्तीय संस्थाहरुले विदेशबाट ऋण प्राप्त गर्नसक्ने स्रोतको दायरा विस्तार गर्दै बैंकिङ्ग क्षेत्रका अतिरिक्त पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट समेत ऋण ल्याउन सक्ने बैंकहरुले बिमा बेच्न नपाउने
	 
	- 
	
सीइओलाई कुलिंग पिरियडमा सुबिधा । शाखा खोल्न अनुमति लिनु नपर्ने ।
	 
	- 
	
कर्जा र निक्षेपको व्याजदर अन्तर ४।४ प्रतिशत कायम गरिने अवधिलाई पनि राष्ट्र बैंकले ०७८ असार मसान्तसम्म छुट
	 
	- 
	
लघुवित्तहरुलाई पनि मर्जरमा जान प्रोत्साहन ,लघुवित्तलाई कर्जाको सिमा बढाईयो ।
	 
	- 
	
नेपाली नागरिकहरुले सम्पतिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने ब्यवस्था मिलाइने छ।सर्वसाधारणसँग घरमै रहेको सुनलाई बजारमा 'सर्कुलेट' गरेर त्यसको 'भ्यालु' लाई अनलक गरिने छ। यसो हुँदा सर्वसाधारणसँग के कति सुनचाँदी छ भन्ने अनुमान गर्न पनि सहज हुने छ।
	 
के छ मौद्रिक नीतिमा ? हेर्नुस पूर्णपाठ
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस