अर्थ संसार, काठमाडौं– स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा  एटिएम जडँन गरी  सेवा प्रारम्भ गरेको छ ।
नबिल बैंकका अध्यक्ष  शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन बिहीबार संंयुक्त रुपमा गर्नुभयो । यस संगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरी कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सक्नुहुनेछ ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बिहीबार नयाँ एटिएमको उद्घाटन गर्दै भन्नुभयो ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’
साथै ललितपुर महानगरपालिकका मेयर,  चिरीबाबु महर्जनले, “नबिल बैंकले एस महानगरपालिका परिसरमा जडँन गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरु लाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पुर्याउने छ।” भन्नु भयो ।
नबिल बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस