अर्थ संसार, काठमाडौं–ज्योति विकास बैंकले  बिहिबारको दिन स्थापनाको १२औं वर्षमा प्रवेश भएको उपलक्ष्यमा ११औं वार्षिकोत्सव मनाएको छ।
बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादिस्थित कार्यालय प्राङ्गणमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो। सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काले समारोहको अध्यक्षता गर्नुभएको थियो।
सदाझैं यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत इ-नेबल नेपाल नामको संस्थालाई  २ लाख सहयोग हस्तान्तरण पनि गरेको छ।
उक्त रकम ३डि प्रिन्टेड प्रोस्थेटिक कृत्रिम हात निर्माण गरी हात नभएका १० बालबालिकामा जडान गर्नको लागि उपयोग गरिनेछ । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष  हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत  मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा  २ लाखको चेक इ-नेबल नेपालका महासचिव  सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकले “हाम्रो सुरक्षित बचत खाता” नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ। बचत संगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंक विश्वस्त छ। यस बचत खाता ज्योति विकास बैंकको देशभरिको शाखाबाट उपलब्ध हुने छ।
सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गर्नुभएको थियो। गत आर्थिक वर्षमा बैंकको व्यवसायका विभिन्न विधाहरुमा उत्कृष्ट ठहरिएका कर्मचारीहरुको पनि सोहि अवसरमा सम्मान गरिएको छ।
वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकले आफ्नो पहिचान बनाइराखी बजारमा अझ सफल रुपमा विस्तारित हुंदै ग्राहकवर्ग, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि थप तल्लीन हुने कुरामा जोड दिनु भयो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीले बैंकले गत आर्थिक वर्षमा प्राप्त गरेको सफलतालाई आगामी दिनहरुमा पनि निरन्तरता दिंदै अझ सफलताउन्मुख हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। यस क्रममा कर्मचारीहरुको उच्च गुणस्तरीय योगदानको लागि सबैप्रति कृतज्ञता प्रकट गर्नु भयो।
हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २५. ५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । गत वर्ष यस बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस