Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकद्धारा नेपाल आखाँदान समाजलाई सहयोग

अर्थ संसार

विहीबार, ०९ साउन २०७६, १९ : १६ मा प्रकाशित

सेञ्चुरी बैंकद्धारा नेपाल आखाँदान समाजलाई सहयोग

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।

‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई आखाँ स्वास्थय सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गर्नु भएको हो ।

सो हस्तान्तरण कार्यक्रमा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको