अर्थ संसार, चीन- चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् ।
शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन् ।
उक्त स्थानमा आठ जना भ्रमणमा आएका पर्यटक र केही श्रमिकहरूसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ ।
उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ। पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।
लिउपान्सी शहर नजिकैको एक ग्रामिण वस्तीमाथिबाट मङ्गलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरहरूलाई पुरेको स्थानीय अधिकारीले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस