Like us!
Follow us!
Connect us!
Watch us!

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख

रबिन दङगाल

आइतबार, १२ साउन २०७६, १६ : ०१ मा प्रकाशित

तान्जानिया भ्रमण गर्ने पर्यटक १५ लाख

अर्थ संसार, दारे सलाम– पूर्वी अफ्रिकी मुलुक तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१८ मा १५ लाख पुगेको तान्जानीयाका सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या १३ लाख थियो ।

प्राकृतिक स्रोत तथा पर्यटन मन्त्रालयका सचिव एडोल्फ एम्केन्डेले पर्यटक वृद्धिका कारण दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको आर्थिक क्रियाकलाप भएको जानकारी दिए । उनले अघिल्लो वर्ष सन् २०१७ मा पर्यटन क्षेत्रमा दुई अर्ब ३० करोड डलर बराबरको आर्थिक क्रियाकलाप भएको थियो ।

दारे सलाममा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै सचिव एडोल्फले संयुक्तराज्य अमेरिकाबाट सबैभन्दा बढी पर्यटक तान्जानीया आएको जानकारी दिए । कूल पर्यटक आगमनमध्ये अमेरिकाबाट १५.६ प्रतिशत रहेको थियो भने त्यसपछि बढी पर्यटक आएका मुलुकमा केन्या र संयुक्त अधिराज्य रहेका थिए ।

उनले मुलुकको कूल विदेशी मुद्रा आर्जनमध्ये पर्यटन क्षेत्रले करिब २५ प्रतिशत हिस्सा ओगटेको तथा कूल गार्हस्थ्य उत्पादनको करिब १७ प्रतिशत योगदान गरेको पनि बताए ।

तान्जानीयामा पर्यटकलाई आकर्षित गर्न पछिल्ला वर्षहरुमा व्यापक प्रबद्र्धनात्मक क्रियाकलापहरु सञ्चालन गरिएको छ । तान्जानीयामा निकै आकर्षक र रमाइला पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको